सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
काठमाडाैं | माघ ९, २०८१
काठमाडौं: सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।
घटनाको छैटौँ मासिकको पुण्यतिथि (छ महिना) मा नेपाल पत्रकार महासङ्घको सहयोगमा आज आयोजित अन्तरक्रियामा पीडित परिवारले दोषीलाई उन्मुक्ति दिनेगरी छानबिन आयोगले नियोजित प्रतिवेदन तयार पारेको गुनासो गरेका हुन् । गत साउन ९ गते भएको दुर्घटनामा १८ जनाको ज्यान गुमाएका थिए ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचनले महासङ्घ आबद्ध परिवारको सदस्यलाई परेको पीडाको स्वामित्व लिने बताउँदै पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित एयरलाइन्स पक्षलाई कानुनी कारबाहीका लागि राज्यलाई दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । कसैका कारणले कसैको ज्यान जाने खालको वातावरण बन्नुभन्दा ठूलो अन्याय अरू कुनै पनि हुँदैन ।”
वरिष्ठ पत्रकार प्रकाश खतिवडाले उडान नै गैरकानुनी भएको बताउँदै एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको जानकारी दिनुभयो । पीडित परिवारलाई न्याय उपलब्ध गराउन आफूले अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । उक्त जाहाज दुर्घनामा परी पत्रकार खतिवडाको छोरी, ज्वाइँ र नाति निधन भएको थियो ।
“घटनामा मैले तीन सन्तति गुमाएँ तर यो नियति फेरि कसैले भोग्नु नपरोस् । कागज मिलाएर गर्ने बदमासी र त्यसबाट आउने दुष्परिणाम नदोहोरियोस्, घटनाको निष्पक्ष छानबिन गरियोस्,” पत्रकार खतिवडाले भन्नुभयो, “नेपालको हवाई यात्रा सुरक्षित होस् र सन्ततिको सम्झनालाई चिरस्थायी बनाउन र उनीहरूलाई जीवित राख्न सामाजिक अभियानहरू चलाउन सकियोस् । घटनामा उहाँको छोरी, ज्वाइँ र नातिले ज्यान गुमाएका थिए ।”
कार्यक्रममा महासङ्घका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, समाजवादी प्रेस सङ्गठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीलगायतको उपस्थिति थियो ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल पत्रकार महासङ्घसहित सञ्चारजगत्को साथ, सहयोग र खबरदारीको अपेक्षा पीडितपक्षले गरेको छ ।
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

